राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि बैंकतथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ ।
नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ को बुँदा नं. ९ २(क) बमोजिम एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन दिन राष्ट्र बैंकले सूचना जारी गरेको हो ।
एकमुष्ट पुनरकर्जाका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले माघ १६ गतेसम्ममा आवेदन बुझाइसक्नु पर्नेछ ।
आवेदन दर्ता गर्दा आवेदन सहित इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, पुनरकर्जा माग गर्ने ग्राहक ऋणीको विवरण लगायतका कागजात समेत समावेस गर्नुपर्ने भएको छ ।