footer
logo
January 01 2021
Blog single photo

राष्ट्र बैंकले विभन्नि उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुमा मुद्दति निक्षेप राख्ने

बैंक खबर । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरी पच्चिस करोड रुपैयाँ लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग सिलवन्दी प्रस्ताव माग गरेको छ । 

राष्ट्र बैंकले विभिनन शर्तहरु पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर समेत खुलाई बैंकले तोकेको सिलवन्दी प्रस्ताव सम्बन्धी फारम भरी कुल लगानी योग्य रकम मध्ये २०७७ माघ १ गते देखि २०७८ मंसिर ३१ गते सम्मका लागि मुद्दति निक्षेपको रुपमा लिन चाहेको रकम खोली पुस २० गते दिउँसो ३ बजे भित्र बुझाउन आव्हान गरेको छ । 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड २५ लाख रुपैयाँ निक्षेप राख्न लागेको समेत जनाएको छ । 

विस्तृतमा तल हेर्नुहोस्
 



Top