footer
logo
December 31 2020
Blog single photo

डिप्रोक्स र नाडेप लघुवित्तबीच गाभ्ने/गाभिने सम्झौता, समझदारी पत्रमा हस्ताक्षर

बैंक खबर । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र नाडेप लाघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । दुवै लघुवित्तबीच बुधबार प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा डिप्रोक्सका तर्फबाट अध्यक्ष दीपक खनाल र नाडेपको तर्फबाट अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको छ । 

यस्तै मर्जर कार्य सम्पन्न गर्नका लागि रमेशकुमार रघुवंशीको संयोजकत्वमा नरेशमान प्रधान, हरिकृष्ण सुवेदी र वेदप्रसाद सिवाकोटी सदस्य रहेको संयुक्त प्राप्ति समिति गठन भएको छ । 



दुई लघुवित्त एक भएपछि बन्ने संस्थाले सबल, सक्षम र अग्रणी लघुवित्तका रुपमा सेवा प्रवाह गर्ने र शेयरधनीहरुलाई समेत थप प्रतिस्पर्धात्मक प्रतिफल दिन सक्षम हुने विश्वास समेत दुवै लघुवित्तले गरेका छन् ।

अहिले डिप्रोक्सको चुक्तापूँजी १ अर्ब ५४ लाख रुपैयाँ रहेको छ भने नाडेपको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । 

Top