footer
logo
December 30 2020
Blog single photo

सबैको लघुवित्तको नायब महाप्रवन्धकमा पवनकुमार श्रेष्ठ नियुक्त

लघुवित्त खबर । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले पद तथा गोपनियताको सपथ गराउनु भयो ।

श्रेष्ठ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत हुनुहुन्थ्यो । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्थालि लिमटेड सफल मर्जर पश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नायबकार्यकारी अधिकृत पदबाट राजीनामा दिनुभएको थियो । 



नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत अजत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको हाल ३२ वटा जिल्लामा ५५ वटा शाखा सञ्जालबाट ४२ हजार ३ सय ९५ घरधुरीहरुमा सेवा प्रदान गर्दै आईरहेको छ । यस वित्तीय संस्थाले २ अर्ब ३५ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ भने ६९ करोड ८८ लाख रुपैयाा बचत परिचालन गरेको छ । 
 

Top