बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले नबनियुक्त कर्मचारीहरुलाई १ दिने अभिमुखीकरण तथा लघुवित्त तालिम दिएको छ । नवनियुक्त कर्मचारीहरुलाई संस्था सम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएकोे माइक्रोफाइनान्सले बताएको छ । तालिममा ३७ जना कर्मचारी सहभागी भएका थिए ।
एक दिने कार्यक्रमको समापन समारोहमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले नवनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्नुहुदै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलतामा वृद्धि हुनुका साथै कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयं एबम् संस्थाको दिगो विकासमा योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी कर्मचारीहरुले सो तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसँग परिचय गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको बताए ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५९ जिल्लामा १ सय २० शाखा कार्यालय मार्फत १ लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु-याइरहेको छ ।