footer
logo
December 28 2020
Blog single photo

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, १० प्रतिशत बोनस शेयर पारित गर्ने

बीमा खबर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३२ औं वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सको पुस ९ गते बसेको सञ्चालक समितिको ४ सय ४० औं बैठकले माघ १५ गतेका लागि साधारणसभा आव्हान गरेको हो । इन्स्योरेन्सले लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा साधारणसभा बस्ने जनाएको छ । 

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३ सय ५१ रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ । 

इन्स्योरेन्सले ३२ औं साधारणसभा प्रयोजनको लागि कम्पनीको शेयर दाखिल खारेज २०७७ माघ २ गते देखि माघ १५ गते सम्म बन्द रहने पनि जनाएको छ । 

कोभिड–१९ का कारण शेयरधनीहरुले भर्चुअल माध्यमबाट भाग लिन सक्नेछन् । त्यसका लागि साधारणसभा शुरु हुन भन्दा ४८ घण्टा अगावै इमेल अर्थात फोन मार्फत जानकारी गराउनुपर्ने पनि इन्स्योरेन्सले जनाएको छ । 
 



Top