footer
logo
December 25 2020
Blog single photo

धितोपत्र बोर्डले घटायो ब्रोकर कमिसन, आइतबारबाट लागू हुने

शेयर खबर । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारमा ब्रोकर कम्पनीहरुले लिदै अआएको कमिशनको दर घटाएको छ । बोर्डले आइतबार देखि लागू हुनेगरी ब्रोकर कमिसन घटाएको हो । बोर्डले विज्ञप्ति जारी गर्दै पछिल्लो समय धितोपत्र बजारमा अनलाइन कारोबार बढेका कारण ब्रोकर कमिसन घटाइएको बताएको छ । 

बोर्डले संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा विक्री हुँदा ५० हजार रुपैयाँ सम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार रुपैयाँ देखि ५ लाख रुपैयाँ सम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख देखि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँ देखि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन कायम गरेको छ । 



Top