footer
logo
December 25 2020
Blog single photo

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड आज हुँदै

बीमा खबर । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आज (शुक्रबार) बाँडफाँड हुने भएको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज बिहान ११ बजे आईपीओ बाँडफाँड हुने छ ।

इन्स्योरेन्सले मंसिर २९ गते देखि पुस २ गते सम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको थियो । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् । 

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओमा १० लाख ८२ हजार आवेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि आवेदन परेको छ ।



माग भन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ५ लाख ४० हजार आवेदकले मात्रै न्यूनतम १० कित्ता पाउने निश्चित छ । बाँकी ५० प्रतिशत बढी आवेदकको हात खालि हुने भएको छ । 

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ वितरण पस्चात २ अर्ब पुग्नेछ । 

Top