footer
logo
December 22 2020
Blog single photo

समृद्धि फाइनान्समा रोजगारीको अवसर, कार्यक्षेत्र काठमाडौं

बैंकिङ रोजगारी । समृद्धि फाइनान्सले केही संख्यामा बिजनेस डेभलपमेन्ट अफिसर माग गरेको छ । फाइनान्सले काठमाडौं कार्य क्षेत्रका लागि कर्मचारी माग गरेको हो । 

फाइनान्सले जारी गरेको भ्याकेन्सी अनुसार व्यवस्थापन तथा अर्थशास्त्रमा न्यूनतम स्नातक तह पास गरेको व्यक्तिले आवेदन दिनुपर्नेछ । यस्तो व्यक्ति नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त कुनैपनि बैंक तथा वित्तीय संस्थामा आवद्ध भई दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । 

इच्छुक योग्य व्यक्ति (२१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति)ले पुस १३ गते भित्र फाइनान्सको इमेल vacancy@sfcl.com.np मा आवेदन पत्र सहित आफ्नो व्यक्तिगत विवरण, पासपोर्ट साइज फोटो, शैक्षिक प्रमाणपत्र पठाउनुपर्ने पनि फाइनान्सले जनाएको छ । 

बैंकले प्रकाशित गरेको भ्याकेन्सी तल हेर्नुहोस्
 



Top