footer
logo
December 20 2020
Blog single photo

मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर, एसईई पासलाई पनि अवसर

बैंकिङ रोजगारी । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले कार्यक्षेत्र विस्तार भएसँगै नयाँ तथा पुराना शाखामा रिक्त दरबन्दीमा पदपूर्ति गर्नुपर्ने भएकोले ग्रामीण क्षेत्रमा रहेका विपन्नवर्गसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न योग्य, सक्षम र इच्छुक जनशक्ति माग गरेको हो । 

इच्छुक योग्य र सक्षम नेपाली नागरिकहरुले विज्ञापन प्रकाशित भएको मिति (२०७७/०९/०५गते) ले १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय बनेपाको ठेगानामा वा इमेल मार्फत कार्यालयमा दरखास्त दिन सक्ने व्यवस्था गरेको छ । 

लघुवित्तले विभागीय प्रमुख, कार्यालय प्रमुख र फिल्ड सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो । विभागीय प्रमुखका लागि सिए वा एसिसिए उतिर्ण गरी बैंक तथा वित्तीय संस्था वा अडिट फर्ममा कार्य अनुभव भएकोलाई प्राथमिकता दिइने लघुवित्तले जनाएको छ । यस्तै कार्यालय प्रमुखमा १०+२ वा सो सरहको परीक्षा उतिर्ण गरेको र २ वर्ष लघुवित्त वा बैंकिङ क्षेत्रमा कार्यअ नुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । यस्तै फिल्ड सहायकका लागि एसईई वा सो सरहको परीक्षा उतिर्ण तथा एसईई परीक्षामा न्यूनतम सि ग्रेड आएकोले आवेदन दिन सक्नेछन् । 
 



Top