footer
logo
December 14 2020
Blog single photo

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

बीमा खबर । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । इन्स्योरेन्सले आज (सोमबार) देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । 

निष्काशित शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

इच्छुक सर्वसाधारणले न्यूनतम १० कित्ता देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिनसक्नेछन् । आवेदन छिटोमा पुष २ गते र त्यो अवधि समम निष्काशन गरिएको आइपीओ बराबरको माग नभएमा ढिलोमा पुष १३ गते सम्म खुल्ला रहने इन्स्योरेन्सले जनाएको छ । 



आवेदन सि–आस्बात सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेब तथा एप मार्फत आवेदन दिन सकिने इन्स्योरेन्सले जनाएको छ । आईपीओ निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । 

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पछी २ अर्ब रुपैयाँ चुक्तापूँजी पुग्नेछ । 
 

Top